देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाबाट १२ जनाको नाम स्वीकृत

देशान्तर

काठमाडौं । प्रतिनिधिसभाले संसदीय सुनुवाई विशेष समितिमा रहने १२ जना प्रतिनिधिसभा सदस्यको नाम स्वीकृत गरेको छ ।

सोमबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको १२ जनाको नाम संसदले स्वीकृत गरेको हो ।जसअनुसार संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाबाट अमृता थापा, निरुदेवी पाल, पार्वत गुरुङ, पुष्पा भुसाल, पूणरकुमारी सुवेदी, भीमसेनदास प्रधान, योगेश भट्टराई, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल केवट, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् ।

संसदीय सुनुवाइ समितिमा नेपाल कम्युनिस्ट पार्टीबाट ७ जना रहेका छन् ।त्यस्तै नेपाली कांग्रेसबाट ३ जना, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालबाट १र१ जना रहेका छन् । संसदीय सुनुवाई समिति १५ सदस्यीय हुने व्यवस्था छ । जसमा राष्ट्रिय सभाबाट ३ जना रहनेछन् ।