देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनुवाइ समितिको कार्यविधि बनाउन कार्यदल गठन

देशान्तर

काठमाडौँ । संसदीय सुनुवाइ समिति संचालन कार्यविधि बनाउन तीन सदस्यीय कार्यदल गठन गरिएको छ । संसद् सुरु भएको ४ महिनापछि गठन भएको सुनुवाइ समितिले मंगलबार आफ्नो आन्तरिक कार्यविधि बनाउन कार्यदल गठन गरेको हो ।

तीन सदस्यीय कार्यदलमा योगेश भट्टराई, पुष्पा भुसाल र शिवकुमार मण्डल छन्। कार्यदललाई ३ दिन भित्र बैठक संचालन कार्यविधि बनाएर पेश गर्नुपर्ने समयावधि दिएको छ।

संसदीय सुनुवाइ समितिको सभापति चयन हुन बाँकी छ। मंगलबार समितिका जेष्ठ सदस्य राजपा नेता लक्षमणलाल कर्णको सभापतित्वमा पहिलो बैठक बसेको हो। समितिको बैठक सुचारु भएसँगै अब प्रधानन्यायाधीश, अख्तियार प्रमुख र राजदुत नियुक्तिको बाटो खुलेको छ ।