देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रर्दशनमा उत्रिएका शान्ति समाजका अध्यक्ष कृष्ण पहाडीसहित २५ जना पक्राउ

देशान्तर

काठमाडौं – निषेधित क्षेत्र तोडेको आरोपमा मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष कृष्ण पहाडीसहित २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सरकारले निषेधित क्षेत्र तोकेको विरोधमा प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि आयोजना गरेको धर्ना कार्यक्रमबाट उनीहरुलाई पक्राउ गरिएको हो । धर्ना प्रारम्भ हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा। गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, ललितपुरा शाखा सभापति चन्द्रमणि बञ्जारा, विभागीय संयोजकहरु प्रताप पौडेल, जयराम पुडासैनी, बाबुराम न्यौपाने, जगन्नाथ पुडासैनी, विपी पौडेल सदस्यहरु सनत आचार्य, रामचन्द्र खतिवडा, रेजिना राई, सुकदेव अधिकारी, ईश्वर पुडासैनी, भगवान पुडासैनी, गोकुल पुडासैनी, सुरजकुमार बोहरा, टंकप्रसाद गैरे, मुरारी प्रसाद फुँयाल, ईश्वरीप्रसाद नेपाल सहित २५ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।

धर्नामा ‘स्वतन्त्रता विरोधी निर्णय खारेज गर’, ‘स्वेच्छाचारी गतिविधि बन्द गर’, ‘शिक्षामा माफिया चलखेल अन्त्य गर’, ‘स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर’, ‘सत्याग्रहीको जीवन रक्षा गर’, ‘अपराधीलाई संरक्षण बन्द गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।