देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आत्मघाती बम विस्फोटमा पाकिस्तानमा १३ जनाकाे मृत्यु

देशान्तर

इस्लामाबाद । पाकिस्तानको पेशावरमा गराइएको आत्मघाती बम विस्फोटमा  १३ जनाकाे मृत्यु भएकाे छ।   विस्फाेटमा अवामी नेसनल लिग एनएपीका नेता हारुन बिलौरकाे समेत मृत्य भएकाे छ।

याकातूत क्षेत्रमा एउटा चुनावी बैठकलाई लक्षित गरी गराइएको विस्फोटमा ३० जनाभन्दा बढी घाइते भएका छन् । एएनपी नेता आफ्ना कार्यकर्तासँग छलफल गर्दै गर्दा विस्फोट गराइएको हो।

विस्फोटबाट गम्भीर घाइते भएका बिलौरको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्। पाकिस्तानमा यही जुलाई २५ मा आमचुनाव हुँदैछ। चुनाव नजिकिँदै जाँदा हिंसात्मक घटना बढ्दै गएका छन् ।