देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जिल्ला अदालत महोत्तरी द्धारा २ जनालाई जेल हाल्न आदेश

देशान्तर

काठमाडौं । पानी छोएको निहुँमा कुटपिट गर्ने दुई जनालाई जिल्ला अदालतले जेल सजाय सुनाएको छ ।जिल्लाको बर्दिवास नगरपालिका ४ स्थित सार्वजनिक धारामा पानी थाप्न जाँदा ३६ वर्षीया बुद्धमाया बिश्वकर्मा र उनकी १६ वर्षीया छोरी मनिषामाथि गत वैशाखमा कुटपिट भएको थियो ।

महोत्तरी जिल्ला अदालतले कुटपिटमा संलग्न दुई जनालाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो ।न्यायाधीश डण्डपाणि शर्माको एकल इजलासले जातिय भेदभाव गरी गालीगलौज तथा कुटपिट भएको ठहर गर्दै २६ वर्षीया कमला गिरीलाई ६ महिना र रामबावु दाहाललाई ३ महिना कैदको फैसला सुनाएको हो ।

साथै गिरीलाई १० हजार जरिवाना पनि तोकेको छ । अदालतले पीडितलाई पचास हजार क्षतिपूर्ति भराउन आदेश पनि दिएको छ ।