देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकार र केसी पक्षको वार्ता निष्कर्षविहीन, सरकार संवेदनशील भएन

देशान्तर

काठमाडौं । जुम्लामा अनशनरत डा। गोविन्द केसीलाई सरकारले सत्याग्राहीको रुपमा नभई बिरामीको रुपमा हेर्दा आजको वार्ता पनि विनानिष्कर्ष टुंगिएको छ ।

मंगलबार बिहान शिक्षा मन्त्रालयमा डा। गोविन्द केसीको माग सम्बोधन गर्न गठित सरकारी समिति र केसी पक्षबीच भएको वार्ता विनानिष्कर्ष टुंगिएको हो । डा। केसीका सहयोगी डा। अभिषेक सिंहका अनुसार सरकार माग सम्बोधन गर्न भन्दा पनि केसीलाई काठमाडौँ ल्याएर उपचार गर्न उद्धत देखिएकाले सहमति जुटन् नसकेको हो ।

उनले भने –‘सरकारले सकारात्मक भएर बोलाएमा हामी वार्ताको लागि जुकसुकै बेला पनि तयार छौँ, तर सरकार जिम्मेवारविहीन भएर प्रस्तुत हुनु भएन ।’ वार्ता टोलीमा सरकारको पक्षबाटा शिक्षा सचिव खगराज बराल, स्वास्थ्य मन्त्रालयका सह सचिव र गृह मन्त्रालयका सह सचिव रहेका थिए । त्यस्तै केसी पक्षमा अभिषेक सिंह, अधिवक्ता अ‍ोमप्रकाश अर्याल, प्रितम सुवेदी र वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी रहेका थिए ।

पहिले केसीको अनशन तोडाएर मात्रै मागबारे छलफलमा जाने सरकार पक्षको जोड र संसद्मा दर्ता गरिएको चिकित्सा शिक्षा विधेयक फिर्ता गराएपछि मात्रै अन्य विषयवस्तुमा प्रवेश गर्ने केसी पक्षको अडानका कारण सोमबारको वार्ता पनि सकारात्मक सकेन ।