देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अधिनायवादी कम्युनिष्ट शासन विरुद्ध लड्न देउवाको निर्देशन

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अधिनायवादी सरकारको नेतृत्व गरेको कम्युनिष्टसँग लड्न तयार रहन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका छन ।

नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अधिनायवादी कम्युनिष्ट शासन विरुद्ध लड्न तयार रहन निर्देशन दिए ।

उनले डाक्टर केसीका माग जायज रहेकाले पुरा नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिदै चिकित्सा शिक्षा विधेयक हुबहु पास हुनुपर्ने बताए ।देउवाले कम्युनिष्ट सरकारको अधिनायवादी शैलीको प्रतिकार गर्न सबैलाई एकजुट हुन पनि निर्देशन दिए ।