देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१२ दशमलव ८४ अंकले बढेर नेप्से परिसुचकमा सुधार

देशान्तर

काठमाडौं।सेयर बजारमा सोमबार सुधार देखिएको छ। केहिदिनदेखि लगातार ओरालो लागेको सेयर बजार साताको दोस्रो दिन सोमबार १२ दशमलव ८४ अंकले बढेर नेप्से परिसुचकमा सुधार आएका हो ।सोमबार सबै इन्डेक्सहरु हरियाली देखिएका छन् । ११८१ दशमलव ४० अंकबाट शुरु भएको कारोबार १२ दशमलव ८४ अंकले उकालो लाग्दा नेप्से परिसुचक ११९४ दशमलव ५० पुगेर बन्द भएको छ ।

साताको पहिलो दिन आइतबार नेप्से परिसुचक ११ दशमलव ७३ अंकले ओरालो लागेको थियो ।नेप्से परिसुचक बढे पनि कारोबार रकम भने राम्रो सुधार हुन सकेन । सोमबार २ हजार ८ सय ३९ वटा कारोबारमा ६ लाख ५८ हजार २ सय ९२ कित्ता सेयर किनबेच भएका छन् ।

जसमा १८ करोड ६५ लाख २६ हजार ५ सय ३५ रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार भने २१ करोड १२ लाख १३ हजार ८ सय २८ रुपैयाँ कारोबार भएको थियो ।