देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाल यौन दुराचारमा संलग्न २ जनाफ्रान्सेली नागरिक पक्राउ

देशान्तर

काठमाडौं – बाल यौन दुराचारमा संलग्न २ जना फ्रान्सेली नागरिक काठमाडौंको गौशालाबाट पक्राउ परेका छन ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचारमा संलग्न फ्रान्सेली नागरिकद्धय ३८ वर्षीय मिचेल चुपाऊ र ४२ वर्षीय क्रिस्टोफे ग्योलक्सलाई शुक्रबार विमानस्थल जाने क्रममा गौशालाबाट पक्राउ गरेको हो ।

काठमाडौंको कागेश्वरी–मनहरा नगरपालिका भद्रबासमा रहेको एक घरमा डेरा गरी बसेका उनीहरुमाथि झण्डै २२ दिनको निगरानीबाट बाल यौन दुराचारी भएको पुष्टि भएपछि पक्राउ गरी कारबाही प्रक्रिया सुरु गरिएको ब्यूरोका निर्देशक प्रहरी नायव महानिरीक्षक नारायणसिंह खड्काले जानकारी दिए ।

प्रहरीले निगरानी बढाएको पत्तो पाएपछि उनीहरु भाग्ने क्रममा पक्राउ गरिएको ब्यूरोद्वारा मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । ब्यूरोले निजहरुले स्थानीय १० देखि १४ वर्षका बालकहरुलाई फुटबल, चक्लेट, स्र्पोर्टस् ड्रेस किनिदिने, खाजा र खाना खुवाउने जस्ता काम गरेर पालैपालो बच्चाहरुलाई यौन दुराचार गरेको पनि जनाएको छ ।