देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महँगीको विरोधमा नेविसंघद्धारा बालुवाटारमा धर्ना

देशान्तर

काठमाडौँ । नेपाल विद्यार्थी संघले उपभोग्य वस्तुमा भएको महँगीको विरोधमा बालुवाटारमा धर्ना दिएको छ। नेविसंघ प्राविधिक विद्यार्थी परिषद्ले शुक्रबार बिहान एक घण्टा महँगीको विरोधस्वरुप धर्ना दिएको हो। नेविसंघका नेता दीपक भट्टराईले उपभोग्य वस्तुमा बढ्दो मूल्यवृद्धिले जनता मारमा परेको भन्दै मूल्यवृद्धि घटाउन सरकारसँग आग्रह गरे।

‘मूल्यवृद्धिले जनता मारमा परेका छन्, सरकारले जनताको मागलाई सम्बोधन गर्न मूल्य घटाउनुपर्छ,’ उनले भने। नेविसंघ प्राविधिक विद्यार्थी परिषद्का अध्यक्ष सिजन दाहालले महँगी र मूल्यवृद्धिका कारण विद्यार्थी मारमा परेको भन्दै विरोध कार्यक्रमको आयोजना गरिएको बताए ।