देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

त्रिशूलीमा बस खस्यो, उद्धार कार्य जारी

देशान्तर

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खसेको छ । ना ६ ख २५०६ नम्बरको बस त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनमा एसपी सुशील राठौरले जानकारी दिए । उनका अनुसार बस त्रिशूली किनारमा खसेको हो ।
चितवनको इच्छाकामना गाउँपालिका चुम्लिङटारस्थित सडकबाट बस नदीमा खसेको हो । १३ जना घाइतेको उद्धार गरिएको एसपी राठौरले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।