देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदहरुले डा। गोविन्द केसी र सरकारबीच बिहीबार राती भएको सहमति सदनमा जानकारी नगराएको भन्दै अबरोध गरेपछि संसद स्थागित गरिएको छ ।

शुक्रबार संसदको बैठक सुरु हुनसाथ प्रतिपक्षी सांसदहरुले उक्त सहमति उपलब्ध गराउनु पर्ने माग गरेका थिए ।
जवाफ दिन रोष्टममा पुगेका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ९ बुँदे सहमति भएको तर उक्त सहमतिलाई मन्त्रिपरिषद्को बैठकबाट पारित गर्न बाँकी रहेको उल्लेख गर्दै प्रस्तुत गरेका थिएनन् ।

उनले उक्त सहमतिपत्रको कपी सभामुख कृष्णबहादुर महरालाई बुझाएका थिए । सभामुख महराले सांसदहरुलाई उक्त सहमति पछि उपलब्ध गराइने भन्दै बैठक सूचारु गर्ने खोजे पनि कांग्रेस सांसदहरु सहमति पत्रको माग गर्दै आ–आफ्नो सीटबाट उठेर विरोध गरेपछि दश मिनेटको लागि भन्दै सभामखु महराले संसद स्थगित गराएका हुन् ।