देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यस्तो छ ‘छक्का पञ्जा ३’को पहिलो गीत (भिडियोसहित)

देशान्तर

काठमाडौं । दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा‘छक्का पञ्जा ३’को पहिलो गीत‘पहिलो नम्बरमा’हिजो सोमबार सार्वजनिक गरियो ।

सार्वजनिक भएको गीतले दर्शकको माया पाइरहेको देखेर निर्माण पक्ष निकै खुशी देखिएको छ । ‘छक्का पञ्जा २’ मा गीत चोरेको आरोप बेहोरेको निर्माण टिमले यो गीतबाट सकारात्मक प्रतिकृया पाइरहेको छ जसले काममा थप हौसला र उर्जा प्रदान गरेको छ ।

यो गीतलाई युट्यूबमा २४ घण्टामा ८ लाख ८ हजार पटक हेरिएको छ भने नेपाली युट्युब संस्करणको ट्रेण्डिङ १० मा आइपुगेको छ । सोमबार दिउँसो २ बजेर ३५ मिनेटमा सार्वजनिक गरिएको यो गीतलाई २४ घण्टामा यति भ्यूज मिलेको हो जुन समान्यतया धेरै मानिन्छ ।

राजेन्द्र थापाका शब्द र दीपक शर्माको संगीत रहेको ‘पहिलो नम्बर’मा डेबिड शंकर र बिन्दु परियारको आवाज रहेको छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने पुरुषोत्तम प्रधानले गीतको छायाकंन गरेका हुन् । गीतमा सिनेमाका प्रायः कलाकारलाई फिचर गरिएको छ ।

दसैंको अवसर पारेर प्रदर्शनमा आउने यस सिनेमामा दीपकराज गिरी, दीपिका प्रसाईँ, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुराग क्वँर, शारदा गिरी, संजोग कोइराला, वसन्त भट्टलगायतका कलाकारको अभियन रहेको छ ।

आमा सरस्वती मुभिज प्रालि तथा आईएमईको प्रस्तुति ‘छक्का पञ्जा ३’ का कार्यकारी निर्माता जितु नेपाल र केदारप्रसाद घिमिरे हुन् । सिनेमाका निर्माताका रुपमा सुमन गिरी भान्जा, किरण कसी, शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाईँ, दीपेन्द्र खनिया र केशव न्यौपाने छन् ।

अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहने यस सिनेमामा कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, विजय बस्याल र सान थापा (टौवा क्रियशन)को पब्लिसिटी डिजाइन र पुरुषोत्तम प्रधानको छायाकंन छ ।