देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसदको सर्वोच्चता स्थापनाका लागि संसदीय सुनुवाई समितिलाई विशेष महत्व :अध्यक्ष दाहाल

देशान्तर

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले संसदको सर्वोच्चता स्थापनाका लागि संसदीय सुनुवाई समितिलाई विशेष महत्व दिइएको बताएका छन् । बाराको सिमरामा पत्रकारहरुसँग प्रधान न्यायाधीश नियुक्ति विवादबारेमा उनले संसदको सर्वोच्चता स्थापना गर्न पहिलोपटक संसदीय सुनुवाइलाई विशेष महत्व दिइएको बताए ।प्रस्तावित प्रधानन्यायाधीशको अस्वीकृतिले संसदीय सुनुवाई समितिमा परेका उजुरीको निष्पक्ष छानबीन हुन पाउनुपर्ने मान्यता स्थापित गरेको उनको भनाइ थियो ।

सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रबारे पनि संसदीय सुनुवाई समितिले टुंगो लगाउने उनको भनाइ थियो ।
यस्तै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले राजीनामा दिएको प्रसंगमा नेकपानका अध्यक्ष प्रचण्डले पार्टीभित्र कुनै प्रकारको असन्तुष्टि नरहेको र नेता श्रेष्ठ प्रवक्ताकै जिम्मेवारीमा रहेको बताए।