देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुरक्षित मातृत्व सम्बन्धी विधेयकले सबै महिलाहरुलाई समेट्न सक्दैन –सांसदहरु भन्छन्

देशान्तर

काठमाडौं । सांसदहरुले सुरक्षित मातृत्व तथा प्रजनन अधिकार सम्बन्धी विधेयकले सबै महिलाहरुलाई समेट्न नसकेको बताएका छन ।

सांसद गगन थापाले सुरक्षित मातृत्व र प्रजनन सम्बन्धी विधेयक महिलाहरुका लागि मात्रै नभएको बताए ।उनले महिलाहरुको आत्मसम्मानका लागि जन्मदर्ता गर्दा बाबुको पहिचान अनिवार्य भन्ने प्रावधान हटाइनुपर्नेमा समेत जोड दिए ।

सांसदहरु कृष्ण भक्त पोखरेल, गगन थापा, पुष्पा भुसाल, प्रेम सुवाल, दुर्गा पौडेल, भरतकुमार शाह, शशी श्रेष्ठ, पूर्णा कुमारी सुवेदी, बिना कुमारी श्रेष्ठ, कुमारी तुलसी थापा लगायतका सांसदहरुले विधेयकले केही राम्रा व्यवस्था गरेपनि कार्यान्वयनको प्रष्ट आधार नदेखिएको बताएका छन ।