देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दसैँ अगावै संविधान संशोधन– मन्त्री केसी

देशान्तर

विराटनगर । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान संशोधनका विषयमा दलहरुसँग छलफल भइरहेको बताएका छन् । 

आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दलहरुकै सहमतिमा दसैँ अगावै संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सरकारले तयारी सुरु गरिसकेको बताए । 

मन्त्री केसीले संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि असन्तुष्टका मागलाई पूरा गर्न संशोधन आवश्यक रहेको बताउँदै संविधानको सफल कार्यान्वयनका लागि मधेसी, आदिवासी जनजातिको मागप्रति सरकार गम्भीर रहेको जिकिर गरे । 

उनले भने, “संविधान संशोधन प्रक्रियामा सरकार लागि सकेकाले मधेसी मोर्चालाई धैर्य गरेर पर्खनुपर्ने हुन्छ,” 

मन्त्री केसीले तीन तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेकाले निर्वाचन हुनेमा ढुक्क रहन सबैमा आग्रह गर्दै “निर्वाचन नभएमा मुलुकमा संवैधानिक सङ्कट उत्पन्न हुने भएकाले २०७४ माघ भित्रै तीनवटै तहको निर्वाचन सम्पन्न हुनेछ” भने । 

उनले पुरानो इलाकामा सबैको सहमति भएकाले यो उपयुक्त विकल्प हुने तर्क पनि प्रस्तुत गरे । 

]]>