देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकार काम गर्न नजानेर अलमलिएको कांग्रेस वरिष्ठ नेता पौडेलको आरोप

देशान्तर

काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकार काम गर्न नजानेर सुरुमै अलमलिएको आरोप लगाएका छन । पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण विभागले राजधानीमा आयोजना गरेको राजनीति, अर्थनीति र समसामयिक छलफलमा वरिष्ठ नेता पौडेलले अलमलिएको आरोप लगाएका हुन ।

हुने विरुवाको चिल्लो पात र नहुने विरुवाको खस्रो पात भनेझैँ अहिलेको सरकारको सुरुवाती काम नै राम्रो छैन भन्दै पौडेलले सात दशक लामो अस्थिरतामा गुज्रिएका सरकारले बरु राम्रा काम गरेको तर वर्तमान सरकारले काम गर्न नसकेर अन्योलता बढाएको आरोप लगाए ।

वर्तमान सरकारले कर बढाएर जनतालाई खानै नपुग्ने स्थितिमा र्पुयाउन खोजेको पौडेलको आरोप छ । कम्युनिस्टहरू कहिल्यै पनि संघीयताको पक्षमा नहुने बताउँदै पौडेलले कम्युनिस्टको जनवाद र संघीयता नमिल्ने र यो कुरा नेपाली कांग्रेसले जनतालाई बुझाउन सक्नुपर्ने बताए ।