देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

व्यापारी गुप्ताविरुद्ध २ अर्ब ७२ करोडको राजश्व छली मुद्दा

देशान्तर

काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व छली अभियोगमा शुक्रबार भारतीय व्यापारी विनोद गुप्ताविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । उनीविरुद्ध २ अर्ब ७२ करोड रुपैयाँ कर छलीको अभियोग लगाइएको छ। बिगो र जरिवानाको मागदाबीका आधारमा राजश्व अनुसन्धानले चलाएको यो अहिलेसम्मकै ठूलो मुद्दा हो।

गुप्ताले श्रीमतीको नाममा कम्पनी खोलेर कारोबार गर्दै आएका थिए। हिमालय कार्गोका संचालक गुप्तालाई गत महिना विभागले पक्राउ गरेकोमा आज मुद्दा दायर भएको हो।

नेपालगन्ज भन्सार कार्यालयबाट भएको पाउडर दूध तस्करीको अनुसन्धानका क्रममा गुप्तालाई विभागले पक्राउ गरेको थियो। पक्राउ गरी अनुसन्धान गर्दा उनले २ अर्बभन्दा धेरै राजश्व छलेको खुल्न आएको विभागले जनाएको छ । प्रहरीले उनको कार्यालयका मेनेजर अशोक द्विवेद्वीलाई समेत पक्राउ गरी मुद्दा दायर गरेको छ।