देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजकीय सम्मानका साथ वाजपेयीको अन्त्येष्टि

देशान्तर

नयाँदिल्ली । भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ।

वाजपेयीको पार्थिव शरीरलाई राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वैकडा नायडू, प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्वप्रधानमन्त्री मनमोहन सिंह, सभामुख सुमित्रा महाजन, भुटानका राजा जिगमे खेसर, अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजईं, बंगलादेशका विदेशमन्त्री, नेपालका परराष्ट्रमन्त्री, श्रींलकाका विदेशमन्त्रीले राष्ट्रिय स्मृति स्थलमा अन्तिम श्रद्धाञ्जलि दिएका छन्।

भारतीय जनता पार्टीका संस्थापक नेता वाजपेयीको विहीबार ९३ वर्षको उमेरमा नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।