देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभामुख महराले गरे क्रिकेट खेलाडीलाई विदाई

देशान्तर

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले मलेसियामा आयोजना हुने एसीसी कप छनौंट प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई विदाई गरेका छन्। सभामुख महराले सोमबार आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएर मलेसियामा आयोजना हुने एसीसी कप छनौट प्रतियोगितामा सहभागी हुने नेपाली खेडालीलाई फूलको माला लगाएर विदाई गरेका हुन ।

त्यस अवसरमा सभामुख महराले प्रतियोगितामा सफल हुन पनि नेपाली खेलाडीहरुलाई अग्रिम शुभकामना दिए। टोली मलेसिया प्रस्थान गर्नु अघि अभ्यास खेलका लागि सोमबार अपरान्ह श्रीलंका प्रस्थान गर्दैछ । नेपाली टोलीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, अनिलकुमार शाह, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी, बसन्त रेग्मी रहेका छन्। त्यसैगरी सागर पुन, संदिप लामिछाने, सोमपाल कामी र सुभाष खकुरेल पनि प्रतियोगितामा सहभागी हुनेछन्।

श्रीलंकामा अभ्यास खेलपछि नेपाली टोली सोझै मलेसिया प्रस्थान गर्नेछ। मलेसियामा भदौं १२ गतेदेखि एसीसी छनौट कप प्रतियोगिता हुँदैछ। प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र यूएईको सामना गर्नेछ । ६ टिम सहभागी टिममा शिर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष यूएईमा हुने एशीया कप प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ।