देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतका वरिष्ठ पत्रकार कुलदीप नायरको निधन

देशान्तर

काठमाडौं । वरिष्ठ भारतीय पत्रकार कुलदीप नायरको ९५ वर्षको उमेरमा नयाँदिल्लीस्थित अस्पतालमा निधन भएको छ ।

नायरको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले उनी महान बौद्धिक व्यक्तित्व रहेको बताए ।सन् २०१५ मा नायरलाई पत्रकारिताका क्षेत्रमा गरेको योगदानको स्मरणमा रामनाथ गोयन्का एक्सिलेन्स अवार्डको अठारौं संस्करणका अवसरमा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो ।

उनका समसामयिक राजनीतिक तथा पत्रकारिता विषयमा १५ वटा पुस्तक प्रकाशित छन् । उनको बिहिरबारनै दाहसंस्कार गरिने बताइएको छ ।