देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नुवाकोटमा करेन्ट लागेर १ को मृत्यु २ जना घाइते

देशान्तर

काठमाडौं । नुवाकोटको लिखु गाउँपालिका १ शान्तिबजारमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

बिहीबार बिहान साढे ६ बजे बिजुलीको पोल ढल्केर लत्रिएको तारमुनिबाट हिँड्ने क्रममा करेन्ट लागेर बेहोस भएकी लिखु–१ शान्ति बजारकी २३ वर्षीया तुलसा अधिकारीको उपचारका लागि जिल्ला सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ ।

सोही करेन्टमा परेर लिखु–१ शान्ति बजारकै ५५ वर्षीय लालप्रसाद लामिछाने र नपा–१२ मदानपुरकी १९ वर्षीया सदीक्षा पौडेल घाइते भएका र उनीहरूलाई विदुरस्थित नुवाकोट सिटी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौंँ ल्याइएको प्रहरीले जनाएको छ ।