देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भद्रकालीमा स्कुटर दुर्घटना, एकको मृत्यु

देशान्तर

काठमाडौं । भद्रकालीमा बिहीबार बेलुका भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

काभ्रेको शिखर आमबोटे  घर भएका २६ वर्षीय संजिव लामाले चलाएको बा.९१ प ८१९ नम्बरको स्कुटर शुक्रबार अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किदा लामाको घटनास्थलमै मृत्यु भएको हो।

 दुर्घटनामा स्कुटरमा सवार हाल वतन नखुलेका २७ वर्षीय संजिब तामाङ  गम्भीर घाइते भएकोले उपचारको लागि ट्रमा सेन्टर पठाइएको ट्राफिक प्रहरीले जनाएको छ।