देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बम दिदीबहिनीलार्इ ६ दिन थुनामा राख्न अदालतकाे अनुमति

देशान्तर

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका लागि पक्राउ परेका बम दिदीबहिनी रोशनी र बबिताको सोमबार अदालतबाट म्याद थप गरिएको छ।

उनीहरु दुवै जनालाई ६ दिनको म्याद थप गरिएको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए। प्रहरीले अनुसन्धानका लागि ६ दिनको म्याद थपका लागि निवेदन दिएकोमा ६ दिनकै म्याद थप भएको उनले जानकारी दिए। राेशनी १४ वर्षकी छिन् भने बबिता १९ वर्षकी छन्।

बम दिदीबहिनीलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो। १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि उनीहरु पक्राउ परेका हुन्। म्याद थप भएपछि उनीहरुसँग बयान लिएर थप अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ।