देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

साफका लागि नेपाली फुटबल टिमको घोषणा

देशान्तर

काठमाडौँ । बंगलादेशमा हुने साफ च्याम्पियनसिप फुटबलका लागि २० सदस्यी नेपाली टोली घोषणा भएको छ । विराज खड्काको कप्तानीमा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सोमबार २० सदस्यीय टोली घोषणा गरेका हुन् । टोलीमा निराजन खड्का पनि परेका छन् ।

उनी राष्ट्रिय टोलीमा पुनरागमन भएका हुन् । नियमित डिफेण्डर कमल श्रेष्ठ र फरवार्ड जर्ज प्रिन्स कार्की टोलीमा छैनन् । प्रारम्भिक चरणमा छनौटमा परेका २९ खेलाडीबाट अन्तिम टोली घोषणा गरिएको हो ।

इन्डोनेसियामा एसियन गेम्स खेलेका सुमन लामा पनि टोलीमा छैनन् । बंगलादेशमा हुने साफमा नेपाल समूह ए मा छ । नेपाल रहेको समूहमा आयोजक बंगलादेश, पाकिस्तान र भुटान छन् ।

टोलीमा को को परे ? 

गोलकिपरः किरण कुमार लिम्बु, विकेश कुथु, एलान न्यौपाने

डिफेण्डरः दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल

मिडफिल्डरः हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का

फरवार्डः भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट