देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डडेल्धुरामा जिप दुर्घटना : ५ जना घाइते, ३ को अवस्था गम्भीर

देशान्तर

डडेल्धुरा । जिल्ला सरमुकाम नजिकैको आइत बजारमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् भने ३ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्लाको देबलदिव्यपुरबाट सदरमुकामतर्फ आउँदै गरेको ना १ ज ३११९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। घाइतेलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल ल्याइँदैछ। घटना स्थलमा उद्धारको लागि प्रहरी पुगिसकेको केसीले जानकारी दिए।

जिपमा चालकसहित १५ जना थिए। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। जिप सडकबाट तल ४० मिटर खसेको प्रहरीको अनुमान छ।