देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओखलढुंगामा एकै परिवारका ४ जनाको मृत्यु

देशान्तर

काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं. ८ रागादीपमा पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

घरमाथिबाट खसेको पहिरोले घर पुर्दा एकै परिवारका रागादीप खिम्लीका ५० वर्षीय पूर्णबहादुर राई, ४० वर्षीय श्रीमती धनकुमारी राई, ५५ वर्षीया दिदी मित्रमाया ५५ राई र पूर्णबहादुरका तीन वर्षीय छोरा आशिष राईको मृत्यु भएको हो ।

बुधबार राति गएको पहिरोले घर पुरेपछि चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

राई परिवारका एक छोरा र एक छोरी घरमा नभएका कारण पहिरोबाट जोगिएका छन् ।