काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको सफलता यसका उपलब्धिले निर्धारण गर्ने बताएका छन्। बिहीबार बिम्स्टेकको चौथो शिखर सम्मेलनको अध्यक्षका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बिम्स्टेक देशहरूलाई यसले दिने उपलब्धि नै यसको सफलता हुने बताए।
प्रधानमन्त्री ओलीले बिम्स्टेक क्षेत्रमा व्यापार अति नै कम भएको बताएका छन्। उनले समृद्धिको इन्जिन मानिएको व्यापार नै कम हुनु दुखद् रहेको बताएका छन्। उनले बिम्स्टेक सदस्य राष्ट्रहरूबीच यो शिखर सम्मेलनले व्यापार विस्तारमा भूमिका खेलेको र सहमतिमा पुगेको बताएका छन्।
उनले भन्सार र स्वतन्त्र व्यापारका क्षेत्रमा सैद्धान्तिक सहमति भएको बताएका छन्। यी सहमतिलाई सफलतापूर्वक कार्यान्वयमा ल्याउनु नै बिम्स्टेकको सफलता मानिने प्रधानमन्त्री ओलीको भनाइ थियो। उनले यसका लागि सदस्य राष्ट्रहरूमा विस्वासको वातावरण हुनुपर्ने बताए।
बिम्स्टेक शिखर सम्मेलनमा भएका सहमतिलाई ईमानदारी साथ कार्यान्वयन गर्नुपर्नेमा ओलीको जोड थियो। उनले समयमै कुनै बाधा सिर्जना नगरेर स्वतन्त्र व्यापारमा जोड दिएका छन्।





प्रतिक्रिया