देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पाल्पामा बाल्टिन बम भेटियो

देशान्तर

काठमाण्डौं । पाल्पाको माथागढी गाउँपालिका–४ देउगिरमा बाल्टिन बम फेला परेको छ। मेटरबाटोमाथि डिलमा बम फेला परेको हो। बिहीबार मोटर बाटो सफा गर्ने क्रममा डिलमा पुरिएको अवस्थामा बम फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पोख्रेलले बताए। उक्त बम बिहीबार साँझ झण्डै सात बजेतिर नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ। मोटर बाटो सरसफाइ गर्ने क्रममा स्थानीय मोहन विकले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। फेला परेको बाल्टिन बम द्वन्दकालमा राखिएको हुनसक्ने प्रहरी उपरीक्षक पोख्रेलले बताए। यद्यपि यसको अनुसन्धान भइरहेको उनको भनाई छ।