देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालका प्रथम गायक हरिप्रसाद रिमालको निधन

देशान्तर

काठमाडौँ । नेपाली नाटक र चलचित्र जगतका प्रख्यात अभिनेता तथा निर्देशक हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ ।

शुक्रबार बिहान १ बजेर पाँच मिनेटमा बानेश्वरस्थित आफ्नो नीजि निवासमा उनको निधन भएको कलाकार संघका अध्यक्ष राम केशर बोगटीले जानकारी दिएका छन् ।

अन्तिम श्रद्धाञ्जलीका लागि  उनको पार्थिव शरिरलाई शुक्रबार बिहान १० बजेसम्म उनकै निवास बानेश्वरमा र आर्यघाटमा १ घण्टा सम्म राखिने बोगटीले जानकारी दिए ।

उनले ‘आमा’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’ लगायतका फिल्ममा अभिनय गरेका थिए।  उनी कला, गायन, निर्देशन, सङ्गीत र अभिनय सबैमा अब्बल मानिन्छन्। बालकृष्ण समका चेला हरिप्रसाद रिमाल ‘भीमसेनको अन्त्य’  र ‘मुकुन्द इन्दिरा’ जस्ता ऐतिहासिक नाटकमा अभिनयका साथै गायनबाट चिनिएका हुन्।

वि।सं। २००७ सालमा स्थापित रेडियो नेपालका संस्थापक सदस्यसमेत रहेका रिमालले शङ्कर लामिछानेको रचनामा सङ्गीत र स्वर दिएर नेपालका प्रथम गायक बनेका थिए। नेवारी भाषा बोल्न सिपालु उनले नेवारी नाटक लेख्ने र मञ्चन गर्ने कार्यसमेत गरेका थिए। उनले रेडियो नेपाल मार्फत् रेडियो नाटक (रूपक) लाई शिखरमा पुर्‍याउने काम गरे।