देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यी हुन् काम नगर्ने तर ठेक्का पाइरहने ठेकेदार सांसद !

देशान्तर

कामै नगर्ने। गरे पनि आंशिक र गुणस्तरहिन गर्ने। तैपनि संघीय संस्दका सांसद समेत रहेका ठेकेदार हरिनारायण रौनियारको कम्पनी पप्पु कन्स्ट्रक्सनले भटाभट ठूला ठेक्का हात पारेको तथ्यहरु फेला परेका छन्। यो खबर आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन्।

राजनीतिक आडमा उनले ठूला ठेक्का लिई काम अड्काउने र भुक्तानी भने लिन भ्याएको देखिन्छ। सुरुमा कांग्रेसको राजनीति गरेका रौनियार पछिल्लो समय संघीय समाजवादी फोरमबाट केन्द्रमा प्रत्यक्ष निर्वाचित भएका हुन्।

उनले ठेक्का लिएका देशका विभिन्न ठाउँका दर्जनौं पुल लगायतका संरचना अलपत्र अबस्थामा छन्। काठमाडौंको तीनकुनेस्थित वामती नदीमाथिको पुल गत असारमै बनिसक्नु पर्ने हो। तर अलिहेसम्म २० प्रतिशत पनि काम भएको छैन।