देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

देशान्तर

काठमाडौं । नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याइएको मुलुकी संहिताका केही बुँदामा असहमति जनाउँदै संशोधनको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

उक्त ऐनमा भएका विवादित दफा तथा उपदफाहरुमा संशोधन गर्ने प्रतिवद्धता यसअघि नै सरकारले जारी गरे पनि भदौ १५ सम्म संशोधन प्रक्रियाका लागि कुनै कदम नचालेको भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरेको जनाएको छ । संघले आइतबार १ दनिका लागि सांकेतिक हड्तालस्वरुप देशैभरीका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

भदौ १९ गते मंगलबारदेख आकस्मिकबाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना कार्य नै बन्द गर्ने पनि आन्दोलनका कार्यक्रममा उल्लेख गरिएको छ । महासचिव लोचन कार्कीले जारी गरेको विज्ञप्तिमा भदौ २२ गते शुक्रबारदेखि आकस्मिक बाहेकका ओपीडी लगायत सम्पूर्ण स्वास्थ्य सेवाहरु संघका माग सम्बोधन नभएसम्म बन्द गर्ने उल्लेख गरिएको छ ।