देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काभ्रेमा दर खाँदा ५० भन्दा बढी बिरामी

देशान्तर

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–१२ काँसकोटमा ’दर’ खाँदा ५० जना भन्दा बढी बिरामी भएको प्रहरीले जनाएको छ।

स्थानीय ग्रामीण स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले आज तिज विशेष दर खाने कार्यक्रम आयोजना गरी दुई सय जनालाई दर खुवाएको थियो।

’फुड प्वाइजन’ भई बिरामी भएको र बिरामीहरूको स्थानीय मेडिकलमा सामान्य उपचार गरी थप उपचारको लागि धुलिखेल अस्पताल र बनेपास्थित शिर मेमोरियल अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिरामीमध्ये बालबालिकाहरु बढी सिकिस्त भएका छन ।