देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अल्टिच्युड एयर दुर्घटना : हेलिकप्टरमा सवार ७ यात्रुको नामसहित 

देशान्तर

गोरखा । दुर्घटनाग्रस्त भएको भनिएको अल्टिच्युड एयरको हेलिकप्टरमा एक जना पाइलटसहित ७ जना यात्रु रहेको सामागाउँ प्रहरी चौकी गोरखाले पुष्टि गरेको छ ।

मनास्लु क्षेत्रको भ्रमणबाट काठमाडौं फर्कँदै गरेका पर्यटक बोकेको हेलिकप्टरमा ५ जना नेपाली, १ जना जापानी नागरिक भएको सामागाउँ प्रहरी चौकीका प्रहरी जवान नारायण न्यौपानेले बताए ।

सामागाउँबाट बिहान ७ बजेर ४० मिनेटमा उडेको त्यो हेलिकप्टर धादिङ र नुवाकोटको सीमा क्षेत्र म्यागङमा दुर्घटनामा परेको अपुष्ट खबर रहेको छ ।

हेलिकप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु, पाइलट निश्चल केसी, रामेछापका दिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका आनी डोल्मा डिकी र छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ रहेको त्रिभुवन विमानस्थललाई उद्धृत गर्दै सामागाउँ प्रहरी चौकीले जनाएको छ । हेलिकप्टरमा रहेका सबै यात्रुको अवस्थाका बारेमा जानकारी आएको छैन ।