देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

३० हजार घुससहित समातिए इन्स्पेक्टर

देशान्तर

काठमाडौँ । अख्तियार दुरपयोग अनुसन्धान आयोगले पक्राउ परेका व्यक्तिलाई अनुसन्धान नै नगरी छाडिदिने भन्दै ३० हजार घुस लिएको आरोपमा एकजना इन्स्पेक्टरलाई पत्रलाउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका कार्यालय प्रमुखसमेत रहेका इन्स्पेक्टर गणेशसिंह महताले पक्राउ परेका एक व्यक्तिलाई छाडिदिने आश्वासन दिई ३० हजार रुपैयाँ घुस लिँदैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

इन्स्पेक्टर महताले स्थानीय मध्यस्थकर्ता मैयाँ पौडेलमार्फत् पक्राउ परेका व्यक्तिलाई अनुसन्धान नै नगरी छाडिदिने शर्तमा उक्त रकम घुसवापत मागेका थिए ।

प्रहरीले नै घुस मागेको भन्दै यसबारेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि आयोगको कार्यालय नेपालगञ्जबाट गएको टोलीले इन्स्पेक्टर महतासहित मध्यस्थकर्ता पौडेललाई समेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।