देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप शक्तिशाली ‘शिवम् प्लस’ ओपिसी सिमेन्ट बजारमा

देशान्तर

काठमाडौं । शिवम् सिमेन्टले नयाँ उत्पादनको रुपमा ‘शिवम् प्लस’ ओ.पि.सी सिमेन्ट बजारमा ल्याएको छ । गुणस्तर प्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिने क्रममा नेपालकैं नं. १ ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको भन्दै ‘शिवम् प्लस’ ओ.पी.सी. सिमेन्ट बजारमा ल्ल्याएको जनाएको छ ।

‘मजबूत तथा दिगो निर्माणको लक्ष्य बोकी वर्षाैं देखि ग्राहकहरुलाई गुणस्तरीय सिमेन्ट पस्कदै आएको यस शिवम् सिमेन्ट लिमिटेडले ‘शिवम प्लस’ ओ.पि.सि. सिमेन्ट मार्फत उपभोक्ताहरुलाई थप उत्कृष्ट गुणस्तर प्रदान गर्ने उद्देश्य लिएको छ’, विज्ञप्तिमा भनिएको छ । नेपाल गुणस्तर चिन्हका साथै आइएसओ ९००१, आर्ईएसओ १४००१, ओएचसीएएस १८००१, आईएसआई र यूआरएस प्रमाणित ‘शिवम् प्लस’ सिमेन्टमा थप अटुट ‘कम्प्रेसिभ स्ट्रेन्थ’ रहेको जनाइएको छ । ‘शिवम् प्लस’ले निर्माणलाई थप मजबुत र सवल बनाउने कम्पनीले दाबी गरेको छ ।

‘यस शिवम् प्लस ओ.पि.सि. सिमेन्टमा भौतिक तथा रसायनिक गुणहरुमा बजारमा उपलव्ध सिमेन्टहरु मध्ये उत्कृष्ट रहेको छ’, विज्ञप्तिमा उल्लेख छ । ‘उत्कृष्टताको आकाङ्क्षा, प्रगतिशील जीवनको पहिचान’ नारा आत्मसाथ गरेको यो सिमेन्ट हाललाई सीमित बितरकहरुमा मात्र उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ ।

मकवानपुर गढी क्षेत्रमा अवस्थित आफ्नै चुनढुङ्गा खानीबाट ल्याइएको उच्च कोटीको चुन ढुङ्गा प्रयोग गरी उत्पादन गरिने सर्वोउत्कृष्ट शिवम् प्लस ओ.पि.सि.सिमेन्टको गुणस्तरलाई लामो समयसम्म कायम गर्नको लागि विशेष प्रकारको लेमिनेटेड बोरामा प्याकेजिङ्ग गरिएको जनाइएको छ ।

‘गुणस्तरीय उत्पादनहरुलाई प्राथमिकता दिने सम्पूर्ण ग्राहकहरुले शिवम् प्लस ओ.पि.सि. सिमेन्टलाई पनि शिवम् सिमेन्टझैं माया गरी दिनु हुनेछ भन्ने विषयमा शिवम् सिमेन्ट लिमिटेड आशावादी रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।