काठमाडौं । काभ्रेमा मलामी गएका २ जनालाई भोटेकोशीले बगाउँदा बेपत्ता भएका छन् ।
चौरिदेउराली गाउँपालिका –८, त्रिवेणीका १४ वर्षीय प्रदिप पहरी र १८ वर्षीय आशिष पहरीलाई पौडी खेल्ने क्रममा भोटेकोशीले बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्काले जानकारी दिए ।
भोटेकोशी र सुनकोशीको दोभान रहेको महादेवस्थानबाट बिहान ११ बजेदेखि उनीहरु हराएका भए पनि प्रहरीलाई साँझ ५ बजेमात्र खबर आएको थियो । हराएकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।





प्रतिक्रिया