देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंमा नेपाल भारत सीमासम्बन्धी बैठक हुने

देशान्तर

काठमाडौं  । नेपाल भारतको अन्तर्रा्ष्ट्रिय सीमाना सम्बन्धी अध्ययन गर्न गठित बाउन्ड्री वर्किङ ग्रुपको बैठक अर्को हप्ता नेपालमा हुने भएको छ । दुई देशको अन्तर्रा्ष्ट्रिय सीमानामा देखिएका समस्याबारे अध्ययन गर्न गठित समितिको बैठक अर्को हप्ता काठमाडौंमा बस्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन ।

 

बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सीमासम्बन्धी अध्ययन गर्न गठित बाउन्ड्री वर्किङ ग्रुपसँग छलफल गरेका छन्  । छलफलका क्रममा बाउन्ड्री वर्किङ गु्रपका सदस्यहरुले कतिपय ठाउँमा सीमा स्तम्भ हराएको, नदीले धार परिवर्तन गर्दा सीमा यकीन गर्न नसकेको आदि समस्या राखेका थिए ।

 

प्रधानमन्त्री ओलीले ऐतिहासिक तथ्य, नक्शा हेरेर र नेपालको अधिकतम राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न सीमा अध्ययन समितिलाई निर्देशन दिएका हुन ।