देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ट्राफिक नियम उल्लङ्घन गरे पैदल यात्रुले पनि कक्षा लिनुपर्ने

देशान्तर

काठमाडौं । पैदल यात्रीले ट्राफिक नियम उल्लङ्घन गरेर जथाभावी बाटो काटिरहनुभएको छ भन्ने अब सचेत रहनुहोला ।

ट्राफिक प्रहरीले अब तपार्इंलाई त्यतिकै छाड्नेवाला छैनन् । अब तपार्इं पैदल यात्रीले पनि मादकपदार्थ सेवन गर्ने र ट्राफिक नियम उल्लङ्घन गर्नेले जस्तै ट्राफिक नियमसम्बन्धी कक्षा लिनुपर्नेछ ।

ट्राफिक प्रहरी महाशाखाले पैदल यात्रीले बाटोमा हिँड्दा र बाटो काट्दा ट्राफिक नियम पालना नगरेर त्यस्ता बटुवालाई समातेर एक घन्टाको कक्षा लिनुपर्ने व्यवस्था गर्न थालेको छ ।

महाशाखाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक नियम पालना नगर्ने र तोकिएको जेब्राक्रसबाट बाटो नकाट्ने पैदल यात्रीलाई समातेर एक घन्टाको सचेतना कक्षा दिने तयारी थालेको जानकारी गराए ।

उनका अनुसार ट्राफिकले भदौ १ गतेबाट ट्राफिक नियम उल्लङ्घन गर्ने पैदल यात्रीलाई सचेतना कक्षा दिइनेछ । सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाइनेछ । “ट्राफिक नियम पालना नगर्ने पैदल यात्रीलाई पनि ट्राफिक नियमबारे सचेतना कक्षा सञ्चालन गर्ने तयारीमा छौँ”, उनले भने, “बाटो काट्दा नियम पालना नगर्नेलाई तत्काल समाती एक घन्टाको कक्षा दिनेछौँ ।”

ट्राफिक प्रहरीले समाते भने कक्षा नलिई आफ्नो काममा पैदल यात्री जान पाउने छैनन् ।  
ट्राफिक प्रहरीले उपत्यकामा दुर्घटनामा पैदल यात्रुको धेरै ज्यान जान थालेपछि साउन महिनाभरि नै ‘पैदल यात्रु सुरक्षा अभियान’ नै सञ्चालन गरेको छ । गत वर्ष उपत्यकामा १६५ मध्ये ६६ जना पैदल यात्रीको सवारी दुर्घटनामा ज्यान गएको थियो ।

 

]]>