देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

टायलमा पास गराइदिने भन्दै पैसा माग्ने ३ जना पक्राउ

देशान्तर

काठमाडौं । सवारी चालक अनुमति पत्र ट्रायल परीक्षामा पास गराइदिने भनेर रकम मागेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काठमाडौं गोठाटार बस्ने काभ्रे तिमाल गाउँपालिका–९ का २१ वर्षीय बिजय लामा, भक्तपुर राधेराधे बस्ने महोत्तरी बर्दीबासका २० वर्षीय अनिल बानिया र काभ्रे घर भइ बौद्ध बस्ने २८ वर्षीय विकास लामा रहेका छन् ।

उनीहरूलाई विशेष सुराकीका आधारमा महानगरीय प्रहरी वृत्त, ठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।