देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

घुस सहित काँडाघारी र कोटेश्वरबाट नौ प्रहरी अख्तियारको नियन्त्रणमा

देशान्तर

काठमाडौं । घुसको रकमसहित महानगरीय प्रहरी प्रभाग कोटेश्वर र काँडाघारीका नौजना प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।
पक्राउ पर्नेमा प्रहरी सहायक निरीक्षक असई गोपाल श्रेष्ठसहित नौ जनारहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए। श्रेष्ठलाई अख्तियारले ३० हजार घुसको रकमसहित पक्राउ गरेको हो। उनका अनुसार कोटश्वर र काँडाघारी प्रभागका नौजना प्रहरी घुसको रकमसहित रंगेहात पक्राउ परेका हुन्। पक्राउ पर्नेमा दुई असई, तीन हवाल्दार र चार सिपाही रहेका छन्। पक्राउ पर्नेमा कोटेश्वर प्रभागका प्रमुख प्रहरी निरीक्षक राजु लामाका भान्से प्रहरी जवान मुकश पटेल पनि रहेका छन्। उनी पाँच हजार घुसको रकमसहित पक्राउ परेका हुन्। पक्राउ परेकाहरूको साथबाट आयोगको टोलीले कुल एक लाख नगद बरामद गरेको छ।