कन्चनपुर । नेपाली कांग्रेस कन्चनपुरले १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै मंगलबार महेन्द्रनगरमा विरोधर्याली निकालेको छ ।
निर्मलाको बलात्कारपछि हत्या भएको ५४ दिन बितिसक्दा पनि अपराधी पत्ता नलागेपछि कन्चनपुर कांग्रेसले विरोधर्याली गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको हो ।
कांग्रेस पार्टी कार्यालयबाट निस्किएको जुलुसले बजार परिक्रमा गर्दै जिल्ला प्रशासन पुगेर ज्ञापनपत्र बुझाएको थियो ।
कन्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा अपराधी जतिसुकै उच्च ओहोदाको व्यक्ति भएपनि कानुनी दायरामा ल्याउन माग गरिएको छ ।





प्रतिक्रिया