देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मलेसियामा विषाक्त रक्सी खाँदा ५ नेपालीको मृत्यु, १५ को अवस्था गम्भीर

देशान्तर

काठमाडौं– मलेसियाको क्वालालम्पुरमा विषाक्त रक्सी सेवनका कारण ५ जना नेपालीको मृत्यु भएको छ । राजधानी क्वालालम्पुर नजिकै रहेको सेलाङ्गोर क्षेत्रमा काम गर्ने नेपालीहरुले आइतबार छुट्टीको दिन विषाक्त रक्सी सेवन गरेका थिए । जसका कारण ५ जना नेपालीसहित एक बंगलादेशी नागरिकको पनि मृत्यु भएको समाचार मलेसियाली सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन् ।

क्वालालम्पुरस्थित नेपाली दूतावासका प्रवक्ता बिनोद मुखियाका अनुसार आइतबार छुट्टीको दिन नेपालीहरुले सेलाङ्गोर क्षेत्रमा विषालु रक्सी पिएका थिए । टाइगर नामक वियर र अन्य केही ह्विस्की पिएका उनीहरुमध्ये ५ जना नेपालीको मृत्यु भएको जानकारी आएको प्रवक्ता मुखियाले बताए । यद्यपि, मलेसियाको स्थानीय समयअनुसार साँझ ६ बजेसम्ममा ३ जना नेपालीको मृत्यु भएको जानकारी आएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

मृत्यु हुनेमध्ये दुई जनाको सनाखत भएको छ । वर्ष २६ का विशाल बुढाथोकी र वर्ष २९ का सञ्जय उराउको मृत्यु भएको पुष्टि भइसकेको छ । विषाक्त रक्सीकै कारण क्वालालम्पुरको सुनगाईबुलो, प्ल्यांक र बान्सिङ अस्पतालमा थप १५ जना नेपालीको उपचार भइरहेको छ । उनीहरुमध्ये केहीको अवस्था चिन्ताजनक रहेको पनि बताइएको छ ।