देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आपत्तिजनक म्यासेज पठाउने नार्कका वैज्ञानिक पक्राउ

देशान्तर

काठमाडौं । आफूले पढाउँदै आएको एक छात्रालाई सामाजिक सञ्जाल ‘फेसबुक’मा आपत्तीजनक म्यासेज पठाएको आरोपमा नार्कका एक जना वैज्ञानिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशु आहार महाशाखा खुमलटार ललितपुरमा कार्यरत मुख्य वैज्ञानिक डा. मेघराज तिवारी रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

कलंकीस्थित ‘हिमालय कलेज अफ एग्रिकल्चरल साइन्स’ मा बिएससी बढ्दै आएकी ती युवतीलाई उनले केही दिनअघि आपत्तिजनक म्यासेज पठाएका थिए । ‘हिमालय कलेज अफ एग्रिकल्चरल साईन्स’ मा डा. तिवारीले वितग १७ बर्षदेखि अध्यापन गर्दै आएका छन् ।

आफ्नै शिक्षकको म्यासेज ती युवतीले रिप्लाई गरिनन् । त्यसपछि उनले ‘कुरा बुझिनौं ?’ भन्दै थप आपत्तिजनक म्यासेज एकोहोरो म्यासेज पठाएका थिए ।

आपत्तिजनक म्यासेज पठाएर हैरानी पारेपछि छात्राले दिएको उजुरीका आधारमा डा. तिवारीलाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले रातोपाटीलाई जानकारी दिए ।

पक्राउ परेका डा. तिवारीबारे साईबर अपराध मुद्धामा अदालतलबाट म्याद लिएर अनुसन्धान शुरु गरिएको एसएसपी सिंहले बताएका छन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार डा. तिवारीले छात्रासँग अनैतिक सम्बन्धको प्रस्ताव समेत राखेका थिए । डा. तिवारीको त्यस्तो प्रस्ताव अस्विकार गरेपछि छात्रालाई उनले परीक्षामा फेल गरिदिने धम्की समेत दिएका थिए ।