देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संविधान दिवसकै दिन पूर्वराजा ज्ञानेन्द्रको घोषणा : भारतको निर्वाचनपछि राजा बन्छु र नेपाललाई हिन्दूराष्ट्रपनि बनाउँछु

देशान्तर

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यतिवेला निजी भ्रमणको क्रममा थाईल्याण्डको बैंककमा छन् । नेपालमा आज संविधान दिवस मनाईरहँदा पूर्वराजा ज्ञानेन्द्रले भने बैंककमा आयोजित एक भेलालाई सम्बोधन गर्दै आफू पूनः राजा बन्नेसहितको सनसनीपूर्ण अभिव्यक्ति दिएका छन् ।

उनले भारतको लोकसभाको निर्वाचनपछि नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पूर्नस्थापना हुने दाबी गरेका हुन् । यद्धपी उनले आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने अहिलेसम्म कुरकानी नभएको स्पष्ट पारेका थिए । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘मोदीजीसँग अहिले मेरो कुरा भएको छैन् ।’

नेपालले तेस्रो संविधान दिवस मनाईरहँदा पूर्वराजा शाहबाट यस्तो अभिव्यक्ति आउनुमा उनी राजसंस्था ब्युँताउने रणनीतिमा रहेको प्रष्ट हुन्छ । उनले आज बैंकमा नेपालीहरु सम्मिलित भेलामा वर्तमान सविधानले जनताको आधारभुत समस्या सम्बोधन गर्न नसकेको गुनासो पोख्दै आफू पूनः एकपटक राजा बन्ने उद्देश्यमा रहेकोले सबैको साथ र सहयोग चाहिएको बताएका थिए ।