देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतीयलाई नेपालको एमआरपी

देशान्तर

काठमाडौं । मानव तस्करीमा संलग्न समूहले भारतीय नागरिकलाई नेपाली पासपोर्टमा विदेश उडाउन थालेका छन्। नेपालीको विवरण र विदेशीको फोटो राखेर नक्कली पासपोर्ट बनाउने गरिएको हो। नेपाली पासपोर्टमा कतार पुगेकी भारत पश्चिम बंगालकी एक युवती पक्राउ परेपछि यस्तो खुलेको हो। उनले झापाबाट तृष्णा गुरुङको नाममा नेपाली एमआरपी लिएकी हुन्। दिल्लीबाट श्रीलंका हुँदै कतार पुगेकी उनलाई कतारी अध्यागमनले नेपाल फर्काइदिएको हो।  उनको भिसा शंकास्पद भएको भन्दै फर्काइएको हो।

कतारबाट फर्काइएकी उनलाई अध्यागमन कार्यालयले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। आफू भारतीय भएपछि कतार जान नेपाली पासपोर्ट लिएको उनले बताएकी छन्।   वैदेशिक रोजगारमा पठाउने व्यक्तिले नै आफूलाई नेपाली पासपोर्ट बनाइदिएको उनले विभागमा दिएको बयानमा उल्लेख छ। जिल्ला प्रशासन कार्यालय झापाबाट मेसिन रिडएबल पासपोर्ट एमआरपी लिएकी हुन्।

एमआरपी सक्कली भएको र भारतीयले कसरी सजिलै नेपाली पासपोर्ट लिइन् भन्ने सन्दर्भमा छानबिन अघि बढाइएको अध्यागमन विभागका एक अधिकारीले बताए। विभागले जिल्ला प्रशासन कार्यालय झापासँग त्यससम्बन्धी विस्तृत विवरण माग गरेको छ।  उनी मात्र होइन, अरू धेरै व्यक्तिहरू विभिन्न व्यक्तिको नामबाट पासपोर्ट लिई विदेश जाने गरेको अध्यागमन विभागको अनुसन्धानमा खुलेको छ।

चितवन शिवनगरकी लक्ष्मी विश्वकर्मा पनि अरूकै एमआरपी लिएर कतार पुगेकी छिन्। पाल्पाकी सरिता नेपाली सार्कीको पासपोर्ट लिएर उनी कतार पुगेकी हुन्। उनी पनि श्रम स्वीकृति नलिई दिल्लीबाट श्रीलंका हुँदै कतार पुगेकी थिइन्। नयाँ पत्रिका दैनिकमा समाचार छ। 

]]>