काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा आयुक्त नवीनकुमार घिमिरेलाई सर्वसम्मत अनुमोदन गरिएको छ । आजको संसदीय सुनुवाइले प्रस्तावित प्रमुख आयुक्त घिमिरेलाई सर्वसम्मत अनुमोदन गरेको हो ।
घिमिरेमाथि कुनै पनि उजुरी परेको थिएन । यसअघि आयुक्तका रूपमा संसदीय सुनुवाइका क्रममा पनि उनीविरुद्ध उजुरी थिएनन् ।
घिमिरे हाल अख्तियारका कार्यवाहक प्रमुख आयुक्त हुन । तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातले अनिवार्य अवकाश पाएपछि गत फागुन २ गतेदेखि उनी कार्यवाहकका रूपमा कार्यरत छन् ।
संवैधानिक परिषद्ले भदौ २० गते घिमिरेलाई अख्तियार प्रमुखमा सिफारिस गरेको थियो।





प्रतिक्रिया