देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आयल निगमले तोक्यो पेट्रोल र डिजेलको कोटा

देशान्तर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको बिक्रीमा कोटा तोकेको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार शुक्रबारका लागि यस्तो कोटा कायम गरिएको हो। अब प्रति मोटरसाइकलले ५ लिटर र चारपांग्रेले १५ लिटर पेट्रोल पाउनेछन्।

त्यस्तै, डिजेलको हकमा उपत्यका र उपत्यकाबाहिर जाने सवारीका लागि छुट्टाछुट्टै परिमाण कायम गरिएको छ। जसअनुसार काठमाडौं उपत्यकाका सवारीले प्रतिसवारी ५० लिटर र उपत्यकाबाहिर जाने सवारीले ७५ लिटर डिजेल पाउनेछन्।

पेट्रोलियमको आपूर्ति अभाव हुँदा पेट्रोल पम्पमा लाइन बढेपछि निगमले यस्तो कोटा लगाएको हो। निगमका प्रवक्ता गोइतले शुक्रबार २ बजेसम्म चार सय ५० किलोलिटर पेट्रोल र चार सय ४० किलोलिटर डिजेल वितरण गरिसकेको दाबी गरे। एक किलोलिटरमा हजार लिटर हुन्छ।