देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मलेसियामा अवैधानिक रुपमा बसेका ४७ नेपाली पक्राउ

देशान्तर

एजेन्सी । मलेसियामा अवैधानिक रुपमा बसिरहेका ४७ जना नेपाली कामदारलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । मलेसिया सरकारले अवैधानिक कामदारलाई स्वदेश फर्किन तथा वैधानिक भएर बस्न समय दिएपनि प्रकृयामा नआउनेहरुलाई पक्राउको अभियान चलाएको छ ।

हालै साइवरजयाको एक कम्पनीमा छापा मारी २ हजार २ सय ३० जना कामदारमाथि छानविन गर्दा प्रहरीले ३ सय ३८ जना पक्राउ गरेको मलेसियाको अध्यागमन कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा १ सय ७२ जना इण्डोनेसियाली, ५५ जना बंगलादेशी, ४७ जना नेपाली र २५ जना म्यानमारका र बाँकी अन्य देशका नागरिक भएको बताइएको छ । पक्राउ परेका कतिपय एउटै कम्पनीमा काम गर्ने भिसा भएको तर अर्कै कम्पनीमा काम गरिरहेको पाइएको छ ।