देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दसैंका लागि अग्रिम टिकट बुकिङ भोलिबाट खुल्‍ने

देशान्तर

काठमाडौं – यातायात व्यवसायीहरुले दसैँका लागि मंगलबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भएका छन् ।

सरकारले १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेसँगै व्यवसायीहरु अग्रिम टिकट बुकिङ गर्न तयार भएका हुन् । सरकारसँग सोमबार भएको सहमति अनुसार मंगलबार बिहान ९ बजेदेखि अग्रिम टिकट बुकिङ सुरु गर्न लागिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

पेट्रोलियम पदार्थको मूल्य फिर्ता गर्न आफूहरुले माग गरेको भए पनि सरकारले भाडा वृद्धि गरिदिएर आफूहरुलाई केही राहत प्रदान गरेको महासंघका महासचिव सिटौलाले बताए । यात्रुको मागलाई ध्यानमा राखेर सवारी साधन व्यवस्थापन गरिने सिटौलाको भनाई छ । यसअघि व्यवसायीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजसहित उचित भाडा समायोजन गर्नुपर्ने माग सम्बोधन नभएसम्म दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने बताउँदै आएका थिए ।